सत्ता अनि भत्ताले डुबायो देश .. Dead Constitutional Assembly

ती आस्तित्व नै गुमाएका पूर्व सभासद्लाई एक महिनाको बढी भत्ता दिने अरे । त्यति मात्रले पुग्दैन भनेर घर जानलाई गाडीको होएन Plane को भाडा । येसरी पहिलेनै नौ अर्ब झ्वाम परेकालाई ६०००० को दरले तलब दिने नेतृत्वसंग कुनै लाज नै रहेनछ भन्नुमा कसको मत बजीएला र ! ।

हामी नेपाली जनताले विश्वास गरेर ४ वर्ष को लाई स्वीकार गरेको अरे संविधानसभाको म्याद । जब समय घर्किन्छ तब जनताको चाहनालाई येसो अनि उसो भन्दै बोल्छन नेताहरु । थुक्क राजनीति येस्तो पनि हुदो रहेछ त्यो देशमा जहाँ चाहनाका थुप्रै पर्खालहरु बनाइएका छन् । क्रान्तिकारी अरे, अग्रगमन अरे अनि खै के को सर्बोचता, इत्यादी नाराहरु पनि घन्किए । लोकप्रियताको लागि हो कि कुन्नि भारतीय विस्तारबाद को सीमामै गएर चर्को बिरोध गरियो तर कुनै सिन्को भाचियो जस्तो लागेन । त्यो खर्चिलो ४ वर्षमा घरीघरी आसाका कदम पनि चालिए । देश को बजेटमा बिशाल क्रान्ति ल्याउने काम सम्झने आधार भताभुंग भयो जब भ्रस्टाचारले सिमाना नाग्यो ।

संविधानसभालाई रंगमञ्च बनाएर नाटक प्रदर्सन गर्ने बाहेक अरु कुनै काम भएन चार वर्षमा । सहमतिको प्रयास त्यो पनि अन्तिम घडीमा । धेरै पटक आस जगाउने झुटो सहमतिको खेलले कतै सदाको लागि निरन्तरता पाउने त होएन भन्ने डर पनि थियो हामीमा तर अब त्यो बाकी रहेन । संबिधान सभाको बिगठन संगै राष्ट्रले बेहोरिरहेको बिशाल आर्थिक कस्ट हटेको छ । तर आन्धकर बाटोमा देश अब कसरि अघि बढ्ला भन्ने चिन्ता जनतामा त छ तर नैतिकता नै नभएको नेतृत्वमा कति छ कुन्नि ?

कोहि भन्ने गर्छन कि यदि राजा भैदिएको भए कमसेकम नौ अर्ब त बेकारमा जादैनथ्यो । कता कता ती तर्कहरु पनि अर्थपूर्ण लाग्छ तर देश फेरी पछी फर्कन सक्दैन । नाराको पछी लाग्ने जनतालाई मीठो स्वाद चखायो गएको चार वर्षले, तेसैले पनि चार बर्साई पूर्ण रुपमा उपलब्धिहिन भयो भन्न मिल्दैन । देशमा कायापलटनै नभएपनि केहि परिवर्तनका प्रयासहरु भए । अग्रसरताका थुप्रै नमुनाहरु देखिए । राजनीतिक दबाबका थुप्रै बाटोहरु आबलंबन गरियो । यस क्रममा केहि नेताहरुको रामलीला हेर्ने मौका पनि पायौ हामी जनताले । तसर्थ केहि न केहि दिएर गएको छ बितेको चार वर्षले ।

सबैभन्दा मज्जाको कुरा त सत्ता थियो । जब म्याद थप्ने बेला आयो तब नया सरकार आयो । एउटा, दुइवटा,.. होएन चार ओटा सरकार आयो तर सुम्पिएका केहि कार्य सम्पन्न भएनन् । दुखको कुरा भन्नु पर्छा लाखौको भ्रस्टाचार अनि करोडौको खर्चले गर्दा प्रत्यक सरकार देशको अर्थतन्त्रमा भार बनेर आयो । बाबुरामको सरकारनै किन नहोस्, पचासौ नेपालीलाई मन्त्रि हुने मौका मिल्यो । यसले देशलाई डुबायो, चुर्लुम्मै डुबायो । परदेशको सहयोग अनि सोझा नेपाली जनताको कर को राम्रै फाइदा उठाए क्रान्तिकारीहरुले । अचम्मै मान्न पर्छ सत्ताको खेललाई फोहोरी मान्ने कम्युनिष्टहरुकै नेतृत्वमा बित्यो चार वर्ष, त्यो पनि बिना उपलब्धि ।

हो, अब हामीलाई यो भन्न के को लाज कि , सत्ता अनि भत्ता ले डुबायो देश ।

Advertisements
Categories: Uncategorized | Leave a comment

Post navigation

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Blog at WordPress.com.

%d bloggers like this: